२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।