राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भए ।
भदौ २ मा माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक छुट्टै दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दल विभाजनका लागि संघीय संसद् र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या हुनुपर्ने प्रावधान थियो । तर, अहिलेको अध्यादेशमा संघीय संसद् वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न सक्ने प्रावधान राखिएको छ । जसकारण अन्य र...