प्रतिनिधिसभा अधिवेशन अन्त्य भएसँगै दल विभाजन अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमाले जुर्मुराएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले फुटाउन सहज हुने गरी अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष रणनीति बनाउन जुटेको छ ।
एमालेभित्र ओली पक्षका शीर्ष नेताहरू बालकोटमा भेला भएका छन् । सरकारले दल विभाजन अध्यादेश ल्याउने तयारी गरेपछि रणनीति बनाउन जुटेको ओली निकट स्रोतले जनाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायत नेताहरू बालकोट पुगेका छन् ।
एमालेभित्र...