मातृशोकमा रहेका नेकपा एमाले सचिव योगेश भट्टराईले सरकारले सिफारिस गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र रहेको टिप्पणी गरेका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी ल्याइएको अध्यादेशको नेपाल पक्षकै मानिने नेता भट्टराईले विरोध गरेका छन् ।
नेता भट्टराईले फेसबूकमा लेखेका छन्, ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम ह...