जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी भएका हुन् ।
जिल्ला समन्वय समिती सिरहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेश कुमार महतो र उपप्रमुखमा एमालेका दिलिप कुमार लामा विजयी भएका...
४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]
जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनको प्यानल विजयी भएको छ । जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट जिसस प्रमुख जसपाका सनबहादुर राई निर्वाचित भएका छन् । निर्वाचनमा जिल्लाका दुई नगरपालिकाका प्रमुख÷उपप्रमुख र आठ गाउँपाकिाका […]
जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा गठबन्धनका सबै उमेदवारहरू विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा एमालेका उमेदवारहरूलाई पछाडि पार्दै गठबन्धनका उमेदवारहरू विजयी भएका हुन् । प्रमुख पदमा एमालेका उमेदवार युवराज न्यौपानेलाई ६ मतको अन्तरले पछाडि पार्दै गठबन्धनका उमेदवार काँग्रेस नेता द्रोणबहादुर खत्री विजयी भएका हुन् । निर्वाचनमा २४ मत खसेकोमा खत्रीले १५ मत प्राप्त गरेका छन् भने न्यौपानेले ९ मत प्राप्त गरेका छन् । खत्री यसअघि चन्द्रकोट गाउँपालिका प्रमुख थिए ।
जिल्ला समन्वय समिति खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिसस प्रमुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सनबहादुर राई र उपप्रमुखमा...
धनगढी । जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धन विजयी भएको छ । समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् । उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए । उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए । एमालेका राजेन्द्र खनालले १२ मत पाए । कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी […]
The post जिसस कैलालीमा सत्तारुढ गठबन्धनबाट काङ्ग्रेसका कलेल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.
जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज साह विजयी भएका छन् । जसपा र नेकपा (एमाले)को तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन
संखुवासभा : यहाँको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो।मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।जिसस संखुवासभाको प्रमुखमा गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार
बैतडी । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पुरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत […]