‘प्रभु सेलेक्ट फण्डमा लगानी गर्नेले वार्षिक २० प्रतिशत प्रतिफल पाउँछन’

पुँजी बजारमा अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो प्रभु क्यापिटल । वर्तमान समयमा सबैभन्दा धेरै चुक्ता पुँजी रु. ८१.७१ लाख रहेको यो संस्थाले हाल आफ्नो पुँजी तथा लगानी व्यवस्थापन अन्तरगत गरेर करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ । करिब १ वर्ष अघि निषेधाज्ञाकै बिच समृद्धि क्यापिटल सँग मर्जर भई अगाडि बढेको यो संस्थाले […]

सम्बन्धित सामग्री

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको सूचीकृत धितोपत्रमा बढ्यो लगानी

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएका छन् ।  प्रभु सेलेक्ट फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७१ करोड ५७ लाख लगानी गरेकोमा भदौ मसान्तमा बढाएर रू. ७४ करोड ५८ लाख पुगेको छ । त्यस्तै प्रभु स्मार्ट फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४५ करोड २५ लाख लगानी गरेकोमा भदौ मसान्तमा बढाएर रू. ५० करोड ४६ लाख पुर्‍याएको हो । यस फण्डको न्याभ भने साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ५४ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४५ पैसा कायम भएको हो । फण्डले भदौ मसान्तसम्ममा रू. ७६ लाख १५ हजार नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. १० लाख ४२ हजार नोक्सानीमा थियो ।  प्रभु सेलेक्ट फण्ड पनि भदौ मसान्तसम्ममा रू. २ करोड २४ लाख नोक्सानीमा छ । साउन मसान्तमा पनि फण्ड रू. १ करोड २२ लाख नोक्सानीमा थियो । त्यस्तै फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ८२ पैसा कायम भएको हो ।   प्रभु सेलेक्ट फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् प्रभु स्मार्ट फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रभु सेलेक्ट फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  प्रभु सेलेक्ट फण्ड, बलेफी हाइड्रोपावर, सानिमा इक्वीटी फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र सेञ्चुरी कमर्सियल बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको १ लाख २२ हजार ५८० इकाई खरीद माग रहेको छ । त्यसैगरी बलेफी हाइड्रोपावरको १ लाख १० हजार १४२ कित्ता, सानिमा इक्वीटी फण्डको ९४ हजार १६० इकाई, एनआईसी एशिया ब्यालेन्स फण्डको ७० हजार ७५० इकाई र सेञ्चुरीक कमर्सियल बैंकको ६४ हजार ९७ कित्ता शेयर खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ३ दशमलव १८ अंक घटेर २ हजार ७५ दशमलव ५२ विन्दुमा झरेको छ भने कुल रू. ८८ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रभु सेलेक्ट फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ ४, काठमाडौं । बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२४ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  प्रभु सेलेकट फण्ड,सनराइज फष्ट म्युचुअल फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्स फण्ड र नेपाल क्रेटिड एण्ड कमर्श बैंकको शेयरमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेकट फण्डको ४ लाख १६ हजार ४७६ इकाई खरीद माग रहेको हो । त्यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ५८ हजार ४८४ इकाई, ग्लोबल आइएमई समुन्नत स्किम १ को १ लाख ३२ हजार १ सय इकाई, एनआइसी एशिया ब्यालेन्स फण्डको १ लाख २८ हजार ६७५ इकाई र नेपाल क्रेडिट एण्ड कर्मश बैंकको ६८ हजार ८९६ इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक शून्य दशमलव ४२ अंक बढेर २ हजार २६५ दशमलव ९४ विन्दुमा रहेको छ भने कुल रू. ७९ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रभु सेलेक्ट फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

वैशाख , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२७ धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ । प्रभु सेलेक्ट फण्ड,सन्राइज ब्लूचिप फण्ड,कुमारी इक्वीटी फण्ड,लक्ष्मी उन्नति कोष र सानिमा इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको २ लाख ३५ हजार २५ इकाई खरीद माग रहेको छ । त्यसैगरी सन्राइज ब्लूचिप फण्डको २ लाख २२ हजार २ सय इकाई,कुमारी इक्वीटी फण्डको २ लाख १ हजार इकाई,लक्ष्मी उन्नति कोषको १ लाख ९९ हजार ९ सय इकाई र सानिमा इक्वीटी फण्डको १ लाख ५५ हजार ९० इकाई खरीद माग रहेको हो । यो समचार तयार पार्दा सम्म नेप्से परिसूचक ३२ दशमलव ९२ अंक घटेर २ हजार २७ दशमलव ५९ बिन्दूमा झरेको छ भने कूल रू. ९८ करोड ६३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।

प्रभु सेलेक्ट फण्ड २ गुणाले ओभर सब्सक्राइब

जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबार बन्द भएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिनमा यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिनसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाइका लागि आवेदन परेको कम्पनीले जनाएको […]

प्रभु सेलेक्ट फण्ड बिक्री खुला

प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले बुधबारदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गरेको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो ।यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । यो योजना एक बन्दमूखी योजना हो […]

प्रतिकित्ता १० रुपैयाँ पर्ने प्रभु सेलेक्ट फण्डको बिक्री खुला

काठमाडौं। आजदेखि प्रभु क्यापिटल सामूहिक लगानी कोषको ‘प्रभु सेलेक्ट फण्ड’ बिक्री खुला भएको छ। प्रतिकित्ता १० रुपैयाँ पर्ने एक अर्ब बराबरको १० करोड कित्ता सेयर जारी गरेको हो। यस योजनाको प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख कित्ता र प्रभु क्यापिटलले १० लाख कित्तामा लगानी गर्नेछ। बाँकी ८ करोड ५० लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन्।

के हो प्रभु सेलेक्ट फण्ड, कसरी दिने आवेदन ?

४ वैशाख, काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजनाप्रभु सेलेक्ट फण्डकोयहीजेष्ठ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको […]

प्रभुको सामुहिक लगानी योजना स्वीकृत

प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले २०७७ वैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको जनाएको छ ।प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ […]