काठमाडौँ : अधिकांश एजेन्डा मिलेको भन्दै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच हुने भनिएको एकताको चर्चा अहिले सेलाएको छ। निकट भविष्यमै पार्टी एकता गर्ने उद्देश्यका साथ माओवादी र नेसपाले गत वर्षको आमनिर्वाचनसमेत एउटै चिह्न (हसिया–हतौडा)बाट लडेका थिए।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई स्वंयले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको मुद्दा मिलेको बताएका थिए तर डेढ वर्षसम्म पनि यी दुई पार्टीबीचको एकता चर्चाले ठोस रूप लि