काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्समाथि छानबिन गर्ने भएको छ । मन्त्रालयले माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेका गुण एयरलाइन्सको जहाजमा आकाशमै ढोका खुलेको घटना छानबिन गरी सत्य–सत्य पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दघिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरेको सहसचिव एवं […]