काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । […]