स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्ति कालो धन संस्थागत गर्ने प्रयासः डा. गोविन्द केसी

काठमाडौं। अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा तथा स्वास्थ्य व्यवसायी उमेश श्रेष्ठको नियुक्ति सरकारको कालो धन संस्थागत गर्ने प्रयास भएको बताएका छन्। आज सरकार समक्ष पाँच बुँदे माग राख्दै उनले भने, ‘स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभई अरू दसौँ वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रूपमा भएको छ।’

सम्बन्धित सामग्री

डा. गोविन्द केसी र सरकारबीच दश बुँदे सहमतिः के छ द्विपक्षीय समझदारीमा?

काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।  सहमतिसँगै केसीले अनशन तोडेका छन्।  दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ।…

अनशनको १० ‌औं दिन डा. केसी उपचारका लागि काठमाडौं जान तयार

५ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जान तयार भएका छन् । अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् । केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको […]

डा. केसी पक्ष र सरकारबीच पहिलो चरणको वार्ता निष्कर्ष विहीन

२ असोज, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औं पटक अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारपक्षबीच भएको वार्ता बिना निष्कर्ष टुगिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएपछि थप गहृकार्य गरेर सोमबार अर्को चरणको वार्ता गरिने डा. केसीका सहयोगी प्रितम सुवेदीले जनाकारी दिए । प्रधानमन्त्री तथा […]

डा. गोविन्द केसी २७ भदौदेखि सत्याग्रह बस्ने

काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह सुरु गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलन डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरि आए पनि सरकारले बेवास्ता गरेको बताए । […]

दुई दिने सत्याग्रहका लागि अमेरिका जाँदै डा. गोविन्द केसी

स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाने भएका छन्। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा उनले भाग लिने कार्यक्रम छ।

बीपी स्वास्थ्य प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगे डा. केसी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन डा. गोविन्द केसी धरानमा आएका छन् ।  महिना दिनसम्म आन्दोलन हुँदा समेत सरकार मौन बसेको भन्दै डा.केसीले धरान आएर पत्रकार सम्मेलन गरेका छन् ।  शिक्षा र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण हुनु दुःखद भएको भन्दै केसीले राजनीतिकरण नगर्न समेत सरकारसँग माग गरेका छन् ।  चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले शिक्षा र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको, भ्रष्टाचार बढेको लगायतका माग राख्दै आन्दोलन गरिरहे...

डा. गोविन्द केसी काठमाडौं आए

३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा. गोविन्द केसी निकै …