बीपी स्वास्थ्य प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगे डा. केसी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन डा. गोविन्द केसी धरानमा आएका छन् ।  महिना दिनसम्म आन्दोलन हुँदा समेत सरकार मौन बसेको भन्दै डा.केसीले धरान आएर पत्रकार सम्मेलन गरेका छन् ।  शिक्षा र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण हुनु दुःखद भएको भन्दै केसीले राजनीतिकरण नगर्न समेत सरकारसँग माग गरेका छन् ।  चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले शिक्षा र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको, भ्रष्टाचार बढेको लगायतका माग राख्दै आन्दोलन गरिरहे...

सम्बन्धित सामग्री

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी

दोधारा चाँदनी- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् । कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् । महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा केसी स्थानीयस्तरमै […]

डा. केसी एक्लो छैनन् (तस्वीरहरू)

८ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नागरिक अगुवा र डा. केसीको समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटमोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेका छन् । धनगढीमा अनशन सुरु गरेका […]

काठमाडौं आएका डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए ।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भएपनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस

स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसी टिचिङमा भर्ना

काठमाडौं : डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थाहाखबरलाई जानकारी दिए। अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  विभिन्न ७ बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरूले बताएका छन् ।  सरकारले मंगलबार […]

डा. केसी आफ्नै खर्चमा काठमाडौं जाने

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जाने हुनुभएको छ । उहाँले सरकारको खर्चमा काठमाडौं जान अस्वीकार गर्नुभएको हो । २०औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डा. केसीलाई सरकारले एयरलिफ्ट गर्न खोज्दा मान्नुभएन । आमरण अनसनको १० औं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि डा. केसी आफ्नै खर्चमा बुधबार साँझ […]

डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म

बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा केसी

सुर्खेत– डा गोविन्द केसी बिरामीको उपचार गर्नका लागि कर्णाली प्रदेशमा पुगेका छन् । अर्थोपेडिक डा केसी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्दै कर्णाली प्रदेश पुगेका हुन् । डा केसी बागलुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा बिरामीको उपचार गरेपछि शुक्रबार बिहान रुकुमपश्चिमको जिल्ला अस्पतालमा आइपुगेका हुन् । रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन […]

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् : डा. केसी

काठमाडौं। अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज खबरदारी पत्र पठाउँदै नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। उनले पत्रमा लेखेका छन्, “नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन्। नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्।”निजी अस्पतालका सञ्चालक मन्त्रालयको जिम्मेवारी दिनु निन्दनीय भएको उनले बताए।