काठमाण्डौ – मागपत्र प्रमाणीकरण नगरि टर्कीमा रोजगारी दिने भन्दै कामदारसँग अन्तर्वार्ता लिने म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।
काठमाण्डौको वसुन्धारामा रहेको मास्टर जब प्रालीले मागपत्र प्रमाणीकरण नै नगरेर टर्कीमा हेभि ड्राइभरमा पठाउने भन्दै ठूलो संख्यामा कामदार छनौटको लागि अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा विभागले कारबाही गरेको हो । तीस जनालाई अन्तर्वाता लिएर ट्राइल गराइरहेको अवस्थामा हिजो विभागबाट खटिएको टोलीले कागजातहरु बरामद गरेको विभागले जनाएको छ ।