धनगढी- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्की घरमा आगलागी भएको हो । आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षेती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
काठमाडौं, कात्तिक २० । बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको भएको हो। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी […]
संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुङ्गेधारामा एक घरमा आगलागी भएको छ। मंगलबार दिउँसो विद्युत् सर्ट भई स्थानीय मोहनकुमार दर्लामी मगरको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज...
धनगढी – कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य […]
दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।घरमा ठूला मान्छे नभएको अवस्थामा र बा
पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।