कञ्चनपुरमा एक घरमा आगलागी

धनगढी- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्की घरमा आगलागी भएको हो । आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षेती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।