दमक रंगशालाको छानबिन प्रतिवेदन अख्तियारमा, टेन्डर प्रक्रियासंगत नभएको निष्कर्ष

झापाको दमकमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणको टेन्डर प्रक्रियासंगत नभएको निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ । सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविनै चार अर्ब ३३ करोडमा ठेक्का दिने अन्तिम तयारी...

सम्बन्धित सामग्री

घले समूहले १३८ किलो सुन विमानस्थलमा ल्याइसकेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । १४ केजी सुनसहित पक्राउ परेको गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी […]

पाटन औद्योगिक क्षेत्रमा अक्सिजन सिलिण्डर विष्फोट घटनाको छानबिन सम्पन्न

काठमाडौं (अस) । गत ८ वैशाखमा ललितपुरको पाटन औद्यागिक क्षेत्रमा अक्सिजन सिलिण्डर विष्फोट भई दुईजनाको मृत्यु भएको घटनाको छानबिन प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष पेश गरिएको छ । घटनापछि मन्त्रालयले गठन गरेको समितिले अध्ययन गर्दै प्रतिवेदन मन्त्री बडूलाई बुझाएको हो । समितिले सोमवार मन्त्री बडूलाई बुझाएको प्रतिवेदन अनुसार विष्फोट भएको सिलिण्डर १० वर्ष पुरानो रहेको छ । त्यस्तै तोकिएको वर्किङ प्रेसरभन्दा बढी प्रेसरको अक्सिजन ग्यास भरिएको, आवश्यक परीक्षण नगरी कम चाप वहन क्षमताको पुरानो र कमजोर सिलिण्डरमा बढी प्रेसर हुँदा घटना भएको प्रतिवेदनमा औंल्याइएको छ । त्यस्तै सो सम्बन्धमा कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालीम नभएको, उद्योग व्यवस्थापकको असावधानी, यस्तो संवेदनशील उद्योगको नियमनको मापदण्ड नहुँदा नियामक निकायको नियमित अनुगमन नहुनुजस्ता कारणले दुर्घटना भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ । त्यस्तै समितिले आगामी दिनमा ग्यास उद्योगहरूमा यस्ता घटना दोहोरिन नदिन सबै ग्यास उद्योगले अनिवार्य रूपमा आफ्ना सिलिण्डर मात्र रिफिलिङ गर्ने, सिलिण्डर जाँच गरी गुणस्तरहीन र पुराना सिलिण्डर यथाशीघ्र डिस्पोज गर्ने लगायत सुझाव दिएको छ ।

सेबोनका अध्यक्ष ढुंगानाविरुद्धको छानबिन समितिले बुझायो प्रतिवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन पश्चात् सरकारले आवश्यक निर्णय गर्ने बताए । सो क्रममा उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थि