भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसे । साउन १५ मा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । सो घटना छानबिनका लागि साउन १७ गते गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेका थिए । गौतम नेतृत्वको समितिले करिब १ महिनापछि अर्थात् भदौ १५ मा प्रतिवेदन बुझाएको छ ।प्रतिवेदनले घटनामा प्रत्यक्ष रुपमा सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ ।छा