नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन पश्चात् सरकारले आवश्यक निर्णय गर्ने बताए । सो क्रममा उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थि