अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यका साथ कुमारी जब र फाउण्ड परियोजना नेपाल (लेप्रोसी मिशन) बीच सम्झौता भएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् । सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर प