काठमाडौँ । उत्तर कोरियाले विदेशी प्रभाव रोक्न नयाँ कानुन ल्याएको छ । नेता किम जोङ उनले देशबासीमा विदेशी प्रभावालाई रोक्न पहिलेको भन्दा कडा कानुन ल्याएको बीबीसीले बताएको छ । नयाँ कानुनमा विदेशी फिल्म हेर्नेदेखि, विदेशी पहिरन लगाउने र फरक तरिकाले बोल्ने या ‘स्ल्याङ’ भाषाको प्रयोग गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको बताइएको छ । […]