रुपन्देहीमा देउवा पक्षबाट पौडेल पक्षका नेता कुटिए

४ मंसिर,बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् । प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन् । उनको नाकको हड्डी फ्याक्चर भएको […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्माको अग्रता

पोखरा : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा शनिवार भएको प्रदेश अधिवेशनको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार शुक्रराज शर्माले सभापति पदमा अग्रता लिएका छन्। पोखराको उद्योग वाणिज्य हलमा जारी मतगणनामा दुई सय मत गन्दा शर्माले १ सय २ मत प्राप्त गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका…

गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराजले बनाए अग्रता

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये २०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले १०६ र अर्जुन प्रसाद जोशीले ९५  मत पाएका छन् । शुक्रराज पौडेल पक्षका हुन् ।

काँग्रेसको गुल्मी सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित

नेपाली काँग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका हुन् । पन्थी निवर्तमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षसँग निकट  थिए  भने पराजित हुने थापा देउवा पक्ष निकट मानिन्छन् ।जिल्ला निर्वाचन

दोलखा कांग्रेसको सभापतिमा पौडेल पक्षका बर्मा लामा विजयी

काठमाडौं : नेपाली कांग्रेस दोलखाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा विजयी भएका छन्। पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्। सोमवार भएको मतदानमा लामाले ८७७ मत पाए। उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत…

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

शशांक कोइरालाको निवासमा पौडेल पक्षका नेताहरुको बैठक

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ […]

ठमेलमा पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले सोमबार काठमाडौंमा भेला गरेका हुन्।

पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।दिउँसो १२ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएकोछ।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।पौडेल पक्षमा सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी हुन नहुने आवाज पनि उठिरहेको छ।

पौडेल पक्षका नेताहरूको एउटै स्वरः तोकिएकै मितिमा अधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्। संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।