पौडेल पक्षका नेताहरूको एउटै स्वरः तोकिएकै मितिमा अधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्। संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।

सम्बन्धित सामग्री

पौडेल पक्षको बैठक बस्दै, सदस्यता विवाद र अधिवेशन बारे छलफल हुने

काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा बस्ने भएको छ। कांग्रेस नेता अर्जुननरसिंह केसीकाअनुसार बैठकमा तोकिएकै मितिमा अधिवेशन गर्न तयारी र क्रियाशील सदस्यता विवादको विषयमा छलफल हुनेछ। सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरूको बारेमा छलफल हुने भने पनि बैठकको प्रमुख एजेन्डा भने अधिवेशन केन्द्रित रहेको छ।