नेकपा एमालेको बैठकमा आगामी चुनाव केन्द्रित छलफल हुन थालेको छ ।
मंगलवारको केन्द्रीय कमिटी बैठकमा एमालेका सातै प्रदेशका अध्यक्षहरूले आगामी निर्वाचनमा हुनसक्ने पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षहरूले पार्टीको अवस्थाबारे जानकारी दिएका बताए । ‘पार्टीबाट केही मान्छे बाहिरिँदा कस्तो प्रभाव पर्न सक्छ, आसन्न निर्वाचनमा एमालेको अवस्था कस्तो रहन सक्छ भनेर छलफल भयो,’ उनले भने ।
प्रवक्ता ज्ञवालीले भने, ‘विभिन्न प्रदेशबाट प्रदेश कमिटीका अध्यक्षबाट रिपोर्ट सुन्यौं । उ...