दाङ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंतिहारको लागि ७ सय ५५ वटा खसीबोका खरिद गरेर काठमाडौं पठाएको छ। व्यापार कम्पनी, तुलसीपुर शाखाका प्रमुख तीलक सुनारले जिल्लाका चार स्थानबाट खसीबोका खरिद गरेर काठमाण्डौं पठाइएको जानकारी दिए। ‘हामीलाई प्राप्त कोटा सात सय थियो। थप ५५ वटा गरेर ७५५ वटा खसीबोका खरिद गरेर काठमाडौं पठाएका छौं’, उनले भने, […]