काठमाडौं : नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले दशैँका लागि सुपथ मूल्यमा विक्री वितरण गर्न ५ सय ३० खसीबोका भित्र्याएको छ। दाङ र हेटाैँडाबाट संकलित खसीबोका खाद्य कम्पनीले बिहीबार भित्र्याएको हो।पहिलो चरणमा ५ सय ३० खसीबोका भित्र्याएको लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन्। उनका अनुसार तीनवटा ट्रकबाट ती चौपाया ल्याइएको हो।यो वर्ष जम्मा दुई हजार खसीबोका ल्याइने र भेडाच्याङ्ग्रा भने नल्याइने उनले बताइन्। ‘अरू विभिन्न जिल्लाबाट ल्