दाङ : लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिक रूपमा बाख्रा पालेका छन्। उनले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो। उनीसँग ५० खसी बाख्रा थिए। यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए।'तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ', उनले भने, 'सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ।' गत वर्ष दसैँमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उनको भनाइ छ।जिल्लाको लम