गत वर्षको तुलनामा यसवर्ष दसैँमा खसीबोका कम बिक्री भएसँगै व्यापारीहरुले बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् । दसैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरू गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् । काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिम