उखु गुलियो, व्यथा अमिलो

काठमाडौं । सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्। कारण उधारोमा बेच्नुपर्ने बाध्यता, लागत वृद्धि र मलखादको अभाव। बिक्री भए पनि हातमा नगद पार्न आन्दोलन र अनशन बस्नुपर्ने सास्तीले खेती गर्न छाडेको किसान बताउँछन्। […]

सम्बन्धित सामग्री

चिनी उद्योगलाई उखु अभाव

रौतहट र सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव भएको छ। उखु किसानले खेती गर्न छाडेपछि उद्योगहरूले उखु पाउन छाडेका छन्।...

सर्लाहीमा उखु कृषकलाई उखु तौलने पूर्जीकाे अभाव छैन

सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो । तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे । जसको प्रमुख कारण सर्लाहीमा मात्र ३ वटा मिल संचालनमा आउनु हाे । अर्कातिर एउटा मात्र मिल संचालन हुँदा भन्दा पनि थोरै उखु खेती हुनु […]

बाराका किसानले सडकमै जलाए उखु

बारा : उन्नत जातको भनेर रिलायन्स सुगर मिल बाराले कमशल उखुको बिउ दिएको भन्दै बाराका उखु किसान आन्दोलित भएका छन्। मिलले कमशल बिउ उपलब्ध गराएकोले उखुमा रोग लागेको आरोपसहित किसानहरुले सडकमा उखु जलाएर आक्रोश पोखेका हुन्। कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरु चिनी उद्योगकोविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारे। रोग लागेर सुकेको उखु सडकमै जलाएर उनीहरुले प्रदर्शन गरे। उखु

उखु काट्न सुरु भयो तर मूल्य निर्धारण भएन

उखु काट्न सुरु भए पनि अझै सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसानहरू चिन्तामा छन् । पश्चिम नवलपरासीमा मंसिरको पहिलो साताबाटै उखु काट्न सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसानहरू चिन्ता परेका हुन् । सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा उखु किसानहरु सस्तोमै उखु बेच्न बाध्य रहेको उखु किसान युवराज मौर्यले जानकारी दिए । प्रत्येक वर्ष सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्ने कार्यले  किसानहरु बर्सेनि घाटा व्यहोर्दै आएको मौर्यले बताए । उनले भने, 'उखु

धनकुटामा उखु खेतीबाट लाखाैँ आम्दानी

धनकुटा । साँगुरीगढी गाउँपालिका उखुडाँडामा व्यावसायीक उखु खेती फस्टाउँदै गएको छ । व्यावसायीक उखु खेतीबाट उनीहरुले बार्षिक लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन । तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र सिँचाइको अभाव नरहेकाले त्यहाँका किसान उखु खेतीवाट आम्दानी लिन सफल भएका हुन । बर्षाैंदेखि उखु खेती गर्दै आइरहेका उखुडाँडाका तीर्थबहादुर लिम्वुले उखु विक्रीबाट […]

रौतहटमा उखु उत्पादन आधा घट्यो

काठमाडौं । यस वर्ष रौतहटमा उखु उत्पादन आधा घटेको छ । उखु किसानको भुक्तानीमा ढिलाई हुने र चिनी मिल नै बन्द भएपछि रौतहटका किसानले उखु खेती छाडेका हुन् । रौतहटको श्रीराम सुगर मिल्स एक वर्षदेखि बन्द रहेको छ । रौतहटकै बाबा बैजुनाथ चिनी मिल सञ्चालनमा रहेपनि उखु उत्पादन घटेपछि लक्ष्य पूरा गर्न सकेको छैन । […]

सर्लाही र रौतहटमा ब्युँतिँदै उखु खेती

सर्लाही गोडैता नगरपालिका ४ रोहुवाका राजेश ठाकुरले छ बिगाहा उखु रोपेर सिध्याएका छन्। गत वर्ष ठाकुरले तीन बिगाहामा मात्र उखु खेती लगाएका थिए। सर्लाहीको उखु किन्न विभिन्न जिल्लाका चिनी उद्योगहरुले उखु खरिद केन्द्र (काँटा) सञ्चालन गरेपछि उखु किन्ने उद्योगीबीच...

रौतहटको उखु सर्लाहीको चिनी उद्योगमा

उखुको मूल्य निर्धारण नभई किसानको उखु किन्ने काम गर्नु र उद्योग संचालनमा ल्याउनु उखु किसानमाथि धोखाधडी भएको उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्र यादवले बताएका छन्।...

उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँमा

काठमाडौँ । उखु किसानहरू आन्दोलनका लागि पुनः काठमाडौँ आएका छन् । सरकार र उद्योगीले प्रतिबद्धता जनाएअनुसार पुरै रकम नदिएको भन्दै पाँचौँ पटक आन्दोलनका लागि काठमाडौँ आएको उखु किसान सङ्घर्ष समिति सर्लाहीले जानकारी दिएको छ । समितिले उखु किसानले ६ वटा उखु मिलबाट ४१ लाख रकम भुक्तानी पाउन अझै बाँकी रहेको जनाएको छ । अन्नपूर्ण चिनी […]

चिनी उद्योगले उखु पाउनै छोडे

चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाइ मात्रै हैन चिनी उद्योगलाइ पनि धरासायी बनाएको छ । उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन् । भएकाले पनि उद्योगलाइ उखु दिनै छाडेका छन् ।...