उखु काट्न सुरु भयो तर मूल्य निर्धारण भएन

उखु काट्न सुरु भए पनि अझै सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसानहरू चिन्तामा छन् । पश्चिम नवलपरासीमा मंसिरको पहिलो साताबाटै उखु काट्न सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसानहरू चिन्ता परेका हुन् । सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा उखु किसानहरु सस्तोमै उखु बेच्न बाध्य रहेको उखु किसान युवराज मौर्यले जानकारी दिए । प्रत्येक वर्ष सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्ने कार्यले  किसानहरु बर्सेनि घाटा व्यहोर्दै आएको मौर्यले बताए । उनले भने, 'उखु

सम्बन्धित सामग्री

उखु क्रसिङ सुरु, तर मूल्य अझै तोकिएन

सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा यसवर्ष पनि किसानले अन्योलमै उखु बेचेका छन् । सरकारले उखुको न्यूनमत समर्थन मूल्य निर्धारण गर्ने र त्यसअनुसार मिलले खरिद गर्दै आएका छन् । तर, यस वर्ष मिलले उखु क्रसिङ गर्न सुरु गरेको एक महिना हुँदा पनि सरकारले मूल्य तोकेको छैन । किसानहरुका अनुसार चिनी मिलले पुरानै मूल्य दिने शर्तमा […]

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।  उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।  किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए । उखुको मूल्य निर्धारण...

मुल्य निर्धारण नहुँदै रौतहटमा उखु क्रसिंग सुरु

सरकारले निर्धारण गरेकै दर रेट दिने भनेपछि रौतहटको कटहरियामा रहेको बाबा बैजनथा सुगर एण्ड केमिकल उद्योगले उखु क्रसिंग सुरु गरेको छ । सरकारले समयमै उखुको मूल्य निर्धारण नगरेका कारण उखु...

मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन किसान बाध्य

१६ पुस, काठमाडौं । सरकारले मूल्य तोक्न नसकेपछि उखु किसानले मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन थालेका छन् । बिहीबारदेखि सञ्चालनमा आएका चिनी मिललाई कमजोर आर्थिक अवस्था भएका किसानहरुले उखु बुझाउन बाध्य भएको उखु उत्पादक महासंघले जनाएको छ । ‘सरकारले मूल्य तोकेन, हामीले गरेको मूल्य प्रस्ताव उद्योगीले मानेनन्,’ उखु उत्पादक महासंघका अध्यक्ष कमिलमुनी मौनाली भने, […]

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

बुटवल- सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् । उखु क्रसिङ सिजनको एक महिना बित्दासमेत सरकारले मूल्य निर्धारण नगरिदिएपछि चिनी मिल सञ्चालकहरूले तोकेकै मूल्यमा किसानहरुले उखु बेच्न बाध्य भएका हुन् । सरकारले मूल्य निर्धारण नगर्ने हो भने किसानले ठूलो घाटा व्यहोर्न बाध्य हुने उखु उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष […]

मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्दै सर्लाहीका किसान

सर्लाही – सर्लाहीमा उखुको मुल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदे बाली लगाउन ढिलो भइसकेकाले मूल्य निर्धारण नहुँदै उखु काट्न थालेको हरिपुरका उखु किसान विनोद साहले बताउनुभयो । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली भने सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने बताउनुहुन्छ ।   उखुको मूल्य निर्धारण गर्न काठमाण्डाैमा केही दिनअघि भएको त्रिपक्षीय छलफल विना निष्कर्ष टुङ्गेपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन ...

उखु किसान र उद्योगीबीच कुरा नमिल्दा भएन मूल्य निर्धारण

उखुको मूल्य निर्धारणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार भएको छलफलमा सहमति हुन सकेन । कृषि मन्त्री महिन्द्रराय यादवको उपस्थितिमा उखु किसान र चिनी उद्योगीहरूको बीचमा आज छलफल भयो तर सहमति नभएपछि बुधवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उद्योगीहरूले सरकारी अनुदानसहित प्रति क्विन्टल ५८५ रुपियाँ प्रस्ताव गर्दा उखु किसानहरूले त्यसमा असहमति जनाएका छन् । उखु किसानहरूले उखुको मूल्य प्रति क्विन्टल ६८५ रुपियाँ हुनुपर्ने माग गरेका छन् तर चिनी उद्योगीहरूले त्यसलाई स्वीकार गर्ने पक्षमा छ