बारा : उन्नत जातको भनेर रिलायन्स सुगर मिल बाराले कमशल उखुको बिउ दिएको भन्दै बाराका उखु किसान आन्दोलित भएका छन्। मिलले कमशल बिउ उपलब्ध गराएकोले उखुमा रोग लागेको आरोपसहित किसानहरुले सडकमा उखु जलाएर आक्रोश पोखेका हुन्। कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरु चिनी उद्योगकोविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारे। रोग लागेर सुकेको उखु सडकमै जलाएर उनीहरुले प्रदर्शन गरे। उखु