सर्लाही र रौतहटमा ब्युँतिँदै उखु खेती

सर्लाही गोडैता नगरपालिका ४ रोहुवाका राजेश ठाकुरले छ बिगाहा उखु रोपेर सिध्याएका छन्। गत वर्ष ठाकुरले तीन बिगाहामा मात्र उखु खेती लगाएका थिए। सर्लाहीको उखु किन्न विभिन्न जिल्लाका चिनी उद्योगहरुले उखु खरिद केन्द्र (काँटा) सञ्चालन गरेपछि उखु किन्ने उद्योगीबीच...

सम्बन्धित सामग्री

उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

सर्लाही, २१ भदौ । उखुमा  अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ । अनेकौ समस्या व्यहोरेर  पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै […]

सर्लाहीमा उखु खेती विस्तारमा चिनी उद्योगको पहल

सर्लाही । सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराइ बीउ वितरणको तयारी गरेको छ । पछिल्लो समय उखुको खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराएको हो । क्षमता अनुसार मिल संचालन र्गन नसकिरहेको समयमा किसानलाइ उन्नत उखुको बीउ उपलब्ध गराउने भएको […]

घट्यो उखु खेती, चिनी मिल धमाधम बन्द हुँदै

सर्लाही - समयमा नै भुक्तानी नपाउने र पाए पनि लागत नउठ्ने समस्याका कारण उखु खेती घट्न थालेको छ । हरेक वर्ष भुक्तानीको समस्याका कारण उखु खेतीप्रति आकर्षण घट्न थालेको हाे। सरकारले  निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । यो मूल्यमा किसानले उखु बिक्री गर्दा लागत मूल्य समेत नउठाउने उहाँको भनाइ छ । सरकारले यस वर्ष उखुको लागि उखुको समर्थ मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरिएको छ । उखुको उत्पादन घट्न थालेसँग...

सर्लाहीमा उखु कृषकलाई उखु तौलने पूर्जीकाे अभाव छैन

सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो । तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे । जसको प्रमुख कारण सर्लाहीमा मात्र ३ वटा मिल संचालनमा आउनु हाे । अर्कातिर एउटा मात्र मिल संचालन हुँदा भन्दा पनि थोरै उखु खेती हुनु […]

उखु किसानले अझै पाएनन् अनुदान रकम

सर्लाही : सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन्। जिल्लामा एकमात्र नगदे बालीको उखु खेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन्।जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदवापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो।आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा के

उखु गुलियो, व्यथा अमिलो

काठमाडौं । सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्। कारण उधारोमा बेच्नुपर्ने बाध्यता, लागत वृद्धि र मलखादको अभाव। बिक्री भए पनि हातमा नगद पार्न आन्दोलन र अनशन बस्नुपर्ने सास्तीले खेती गर्न छाडेको किसान बताउँछन्। […]

सर्लाहीका चिनी मिलमा उखु अभाव

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो । पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ गर्न थालेको एभरेस्ट सुगर मिलले यस बेला मुस्किलले दैनिक १० देखि १२ घण्टासम्म मात्रै उखु क्रसिङ...

चिनी मिलको विकल्पमा क्रसर

सर्लाही । चिनी मिलबाट पीडित भएपछि उखु किसानहरु विकल्पका रुपमा क्रसरलाई रोज्न थालेका छन् । चिनी मिलले तीन÷चार वर्षसम्म उखुको भुक्तानी रोकेर सास्ती दिन थालेपछि किसानले क्रसरमा उखु बेच्न थालेका हुन् ।सर्लाही जिल्लामा दर्जनौं क्रसर छन्, जहाँ उखु पेलेर सखर (मिठा) बनाइन्छ । उखु खेती हुने क्षेत्रमा खुलेका यस्ता क्रसरले किसानबाट...

उखुको पैसा उठाउन ऋण काढेर काठमाडौं !

२८ मंसिर, काठमाडौं । सर्लाही, खरर्वाका गगनदेव रायको परिवारको आयआर्जनको स्रोत भनेकै उखु खेती हो । उनले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले दुई छोरासहित १० जनाको परिवारको गर्जो टार्दै आएका थिए …

खेतमा सुक्दै किसानको उखु

मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लाका तीन चिनी उद्योगमध्ये दुईवटा चिनी उद्योग उखु क्रसिङको मध्य सिजनमा पनि सञ्चालन हुन सकेका छैनन् ।