स्टेफेन बिनोङ बुटवल लुम्बिनी एफसीमा

१३ कात्तिक, काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिगको सिजन दुईका लागि क्यामरुनियन स्ट्राइकर स्टेफेन समिर बिनोङलाई आवद्ध गरेको छ । २६ वर्षका स्टेफेन बिनोङले नेपाल सुपर लिगमा अघिल्लो सिजन काठमाडौं रेजर्सबाट खेलेका थिए। जहाँ उनी पहिलो सिजनमै उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई उपाधी जिताउन सफल भएका थिए । बिनोङले यो सिजनको ए […]

सम्बन्धित सामग्री

बुटवल लुम्बिनी एफसी १ गोलले विजयी

नेपाल सुपर लिगको दोस्रो संस्करण (एनएसएल) को तयारीमा रहेको मोफसलका दुई टिमबीच शनिबार भएको मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले जित हात पारेको छ ।

बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनी एफसीलाई हराउँदै फाइनलको होडमा कायम रहेको छ। आज सम्पन्न प्लेअफको खेलमा ललितपुरले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ललिपुरलाई जित दिलाउन कप्तान अञ्जन बिस्टले ६२ औं मिनेटमा निर्णायक गोल गरेका…

एनएसएल फुटबलको दोस्रो प्ले अफमा आज ललितपुर र बुटवल खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग फुटबलको दोस्रो प्ले अफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाण्डाै रेजर्ससँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । यसअघि पहिलो क्वालिफायरमा हिजो काठमाण्डाैलाई २–१ गोलले हराउँदै धनगढी एफसी प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटौँ मिनेटमा विराटनगरका लागि विदेशी ए

धनगढीलाई हराउँदै बुटवल प्लेअफमा, पोखरा बाहिरियो

२५ वैशाख काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शनिबार भएको खेलमा सुमन लामाको एक मात्र गोलमा धनगढीलाई १–० ले पराजित गर्दै बुटवलले लिगमा ६ खेलबाट ८ अंक जोड्यो । पोखरा थण्डर्स समान अंक भएपनि बुटवल हेड टु हेडमा अघि रहँदै चौथो […]

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...

एनएसएलमा आज काठमाडौं र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। लिगका तीनमध्ये एकमा विजयी र दुईमा बराबरी खेलेको बुटवल लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै लिगका तीन खेलमध्ये एकमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं अंक तालिकाको पाँचौं स्थानमा छ।

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

बराबरीमा रोकिए विराटनगर र बुटवल लुम्बिनी

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी २-२ को बराबरीमा रोकिएका हुन्। ओमोलाजा करिमको गोलमा खेलको छैटौं मिनेटमै बुटवल लुम्बिनीले अग्रता बनाएको थियो। तर ४२ औं मिनेटमा विराटनगरका…

अग्रता जोगाउन नसक्दा फेरि बराबरीमा रोकियो चितवन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र बुटवल २-२ को बराबरीमा रोकिएका हुन्। चितवनले खेलको १४ औं मिनेटमै जर्जप्रिन्स कार्कीको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, १८ औं मिनेटमा टेक…