वीरगञ्जका माओवादी नेता अन्सारीमाथिको कारबाही लागू नहुने

२ वैशाख, वीरगञ्ज । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीमाथि पार्टीको जिल्ला कमिटीले गरेको कारबाही तत्काल लागू नहुने भएको छ। जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै ३० चैतमा माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। तर माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया […]

सम्बन्धित सामग्री

केही व्यक्तिलाई जोगाउन व्यवस्थाकै बलि दिन सकिँदैन : माओवादी नेता

काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता डिलाराम आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार पछि हट्न नहुने औंल्याएका छन् । ‘भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकार वा पार्टी कुनै पनि सम्झौतामा जानुहुन्न, जाँदैन । अस्ति दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री र गृहमन्त्रीसँग हाम्रो छलफल भएको थियो । उहाँहरुले […]

यौन दुराचारको आरोप लागेका माओवादी नेता बजगाईँ को हुन् ?

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई यौन दुराचारको आरोप लगेपछि निलम्बनमा परेका छन् । अखिल क्रान्तिकारीका एक महिला नेतृलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील सन्देश पठाएपछि पार्टीले कारबाही गरेको हो ।अखिल क्रान्तिकारीकी नेतृलाई यौन आशयका  सन्देश पठाएपछि उनको उजुरीका आधारमा पार्टीले बजगाईँलाई निलम्बन गरेको हो । बजगाईँले प्रायः रातको समयमा किशोरीहरूलाई यौन आशयको सन्देश पठाउने गरेको उनी निकट नेताहरू बताउँछन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट माओवादी केन्द्

फेरि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छः माओवादी नेता

काठमाडौं, २३ असार । नेकपा (एकता केन्द्र) का नेता रामनारायण बिडारीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि कुनै कारबाही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “जो इमानदार छ, उसलाई केको कारबाही हुन्छ ? उहाँलाई त बधाई, धन्यवाद पो दिनुपर्छ । कुनै वित्तीय […]

पहिले दल खारेज गरिपाऊँ, अहिले माओवादी सांसद हुन पाऊँ

१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली  गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]

बैठकमा रामबहादुर थापा बादलसहित नेताहरुलाई कारबाही गर्न प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका माओवादी नेता रामबहादुर थापा बादल लगायत अन्य नेताहरुलाई कारबाही गर्ने प्रस्ताव पेश भएको छ ।