काठमाडौँ- सांसद अमरेशकुमार सिंहले बैङ्कहरू व्यापारी केन्द्रित भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले ठूला व्यापारीहरूले अर्बौँको ऋण पाए पनि गरिबले एक लाखसम्म नपाउने बताएका हुन् । एकै ठाउँको ठूला व्यापारीले अर्बौँमा ऋण लिने र त्यही गाउँको गरिबलाई एक लाख ऋण दिन बिना धितो ऋण नदिने उनले बताए । उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने […]
सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषले स्टार्टअप विजनेशका लागि सहुलियत ऋण सहकारीमार्फत् दिने भएको छ ।कोषले बिना धितो दिइने सो ऋण प्रवाहका लागि सहकारीहरुलाई कोषको कार्यालयमा आवेदन दिन सूचना प्रकाशित गरेको छ । कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले आगामी असोजसम्म सहकारीलाई सूचिकृत गरी ऋण प्रवाहका लागि रकम उपलब्ध गराइने बताए । कोषले मंगलबार धनगढीमा आयोजना […]
नबिल बैंकले क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनु
सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् […]
सनराइज बैंकले पृथक किसिमको सेवा “कपाल प्रत्यारोपण” मा पनि ईएमआइ सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले आफ्नो आवश्यकतालाई भविष्यको लागि थाति राख्न नपरोस भनेर Buy Now Pay Later योजना अन्र्तगत ईएमआई सुविधा ल्याएको जनाएको छ । बैंकएल ग्राहकलाई एकै चोटि आर्थिक भार पर्न नदिन सन्राइज बैंकले सिद्धार्थनगर सिटि अस्पतालसंग सम्झौता गरि ईएमआईमा कपाल प्रत्यारोपण गर्ने व्यवस्था गरेको छ । बैंकले नेपालमा मात्र नभइ विश्व भरि मानिसमा कपाल झर्ने र कपाल पातलो हुने समस्या बढ्दै गएको छ र मानिसहरुमा कपाल प्रत्यारोपण गर्ने प्रवृति पनि संग संगै बढ्दै गएको यस सेवालाई अझै सहजिकरण गर्न अस्पतालसँग सहकार्य गरेको जनाएको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ता बन्दी सुविधा दिएको छ । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । बंैकले प्रत्यारोपणको लागि पचास हजार देखि तिन लाखसम्म यस्तो ऋण बिना धितो नै शुन्य ब्याजदरमा उपलब्ध गराउने छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागी आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी सुबिधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सन्राइज बैकका भैरहवाका शाखा प्रमुख हरिहर सुवेदीले बताए । यस अघिपनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित K33 Hair Hotel, विशालनगरस्थित Arogin Health Care & Research,, बालुबाटारको Healthy Choice Nutrition and Fitness Clinic र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण÷प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ता बन्दी सुविधा दिने सम्झौता गरेको छ ।
सनराइज बैंक Sunrise Bank Limited ले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल ऋण योजना ल्याएको छ । यस योजना अन्र्तगत सनराइज बैंकमा पेरोल सेभिङ खाता भएका ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको र रु १० लाख सम्मको ट्रम लोन गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने छन् । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
बागमती प्रदेश सरकारले किसानका लागि बिना धितो ऋण प्रवाह योजनालाई निरन्तरता दिएको छ। बागमती सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा सुरुवात गरेको रोजगारी सिर्जनाका लागि सहुलियत पूर्ण ऋण दिने योजनालाई...
वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सिर्जनाका लागि विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ । वाग्मती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रुपमा विभाजन गरी कूल रु दुई अर्ब रकम लगानी गर्ने योजना बनाएर बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले गत आव २०७७/७८ बाट सो कार्यक्रम शुरुआत गरेको थियो । सर्वसाधारण जनताको लागि जीविकोपार्जनतर्फ टेवा पुगोस् भन्ने उद्दे
काठमाण्डाै - कोरोनाका कारण सिर्जना भएकाे रोजगारीको अभावलाई मध्यनजर गर्दै पालिकाहरुले विभिन्न योजनाहरु अगाडि सारेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएको छ । केही दिन अगाडि सम्पन्न नगर परिषद् बैठकबाट ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण दिने विषय पारित पनि भइसकेको छ ।
केही दिन अगाडिमात्रै पारित भए पनि नगरपालिकाले प्रक्रिया भने पहिला नै अगाडि बढाइस...