परासी । राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम) को जिल्ला भेला भेला सम्पन्न भएको । वामपन्थी नेता कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा शनिवार सो भेला सम्पन्न भएको हो ।
भेलामा शुभकामना मन्तव्य राख्दै राजमो नेता कृष्णराज पौडेलले संसद पुनःस्थापनाका लागि स्थानीयस्तरबाट नै आन्दोलन उठाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भेला सफलताको शुभकामनासहित समसामयिक राजनैतिक विषयमा भर्चुअल प्रशिक्षण दिनुभएको थियो ।
राजमो जिल्लाध्यक्ष किसनबहादुर अधिकारीको अध्यक्षता तथा जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीको सञ्चालनमा सो भेला सम्पन्न भएको हो ।
भेलाले नवलपरासी जिल्लाको केन्द्रीय निर्वाचन क्षेत्र नं. १ मा राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीको संयोजकत्वमा उत्तमराज खरेल, जितबहादुर पौडेल, गिरिराज ज्ञवाली, शेरबहादुर सूर्यवंशी, धनपति सापकोटा र टिकाराम पौडेलसहित सात सदस्यीय र क्षेत्र नं. २ मा जिल्ला उपाध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा रेम राना, ढुण्डिराज पोख्रेल, गणेश उपाध्याय, लक्ष्मण हमालसहित पाँच सदस्यीय परिचालन समिति गठन गर्दै माघ महिनाभरि जिल्लाका विभिन्न वडा, गाउँ र टोलमा भेला गरेर समिति गठन तथा पुनर्गठन गर्ने कार्यक्रम तय गरेको बताइएको छ।
त्यसका साथै भेलाले माघ महिनाको २६ देखि २९ गतेसम्म विभिन्न वडास्तरीय सभा गर्ने निर्णय गरेको छ ।
एवम् प्रकारले अखिल नेपाल किसान महासङ्घ (अप्फा) को जिल्ला भेला र रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला क्रमशः माघ १६ र २४ गते गर्ने ठेगान गरेको छ।