पछिल्लो दुई दिनयता रामचन्द्र पौडेल पक्ष सभापतिको उम्मेदवार तय गर्न घनीभूत छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । बरु पौडेल पक्षमा फुट आउने हो कि भन्ने संशय बढ्न थालेको छ । विशेषगरी प्रकाशमान सिंहले कुनै पनि हालतमा आफूले सभापतिको दावेदारी नछाड्ने बरु सहमति नभए एक्लै चुनावमा जाने अड्डी लिएपछि पौडेल पक्षमा संकट देखिएको हो । यस्तै डा शेखर कोइरालाले पनि दावेदारी नछाड्ने स्पष्ट गरेका छन् ।
सहमतिका लागि बुधबार विभिन्न चरणमा भएको छलफलमा प्रकाशमानले आफू सभापतिमा लडिछाड्ने स्पष्ट जवाफ नेताहरुलाई दिएका छन् । आफ्नै निवासमा...