काठमाडौं : नेपाली कांग्रेसकाे रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको कदमले १४ औँ महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गभीर आशंका पैदा भएकाे जनाएकाे छ। पाैडेल पक्षीय केन्द्रीय सदस्यहरूकाे साेमबार पार्टी कार्यालय सानेपामा बसेकाे बैठकपछि जारी विज्ञप्तिमा भनिएकाे छ, ‘यतिबेला नेपाली कांग्रेसको साढे सात दशक लामो इतिहास र कांग्रेसको स्थापित मान्यता र परम्परामा कहिल्यै नभोगेको तिक्त घटना झेल्नु पर्दा नेपाली कांग्रेसका साथीहरूले निकै ठूलो तनाव महसुस गरेका छन्&zw