दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि यस्तो भयंकर खुशीयाली

छोरी जन्मिएको सुन्दा कतिपय घरमा निराशा छाउँछ तर घरमा दोस्रो सन्तानको रूपमा छोरी नै जन्मिँदा खुशीयाली मनाउने पनि देखिएका छन् । भारतको मध्यप्रदेशस्थित राजगढ जिल्ला खुजनेरमा स्थानीय महिला रीना प्रजापतिले दोस्रो सन्तान छोरी जन्माएपछि गाउँमा खुशीयाली मनाइयो । रीनाका पति रामलखन प्रजापति नगर परिषद्मा अस्थायी कर्मचारी छन् । छोरी जन्मिँदा घरलाई बेलुन र फूलले सिँगारियो, बाजागाजा बजाइयो । सन् २०१७ मा रीनाले पहिलो छोरी पाएकी थिइन् । प्रजापति परिवारले छोरीलाई लक्ष्मीको रूपमा मान्ने गरेको छ । बाजागाजासहित नवजात शिशुलाई ...

सम्बन्धित सामग्री

१३ वर्षीया नाबालिकाले जन्माइन सन्तान, करणी गर्ने युवक पक्राउ

बर्दिया । १३ वर्षीया एक नाबालिकाले सन्तान जन्माएकी छन् । जबरजस्ती करणीका कारण गर्भवती भएकी नाबालिकाले यही माघ १६ गते स्थानिय स्वास्थ्य चौकीमा छोरी जन्माएकी हुन् । नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नं ६ का ४१ बर्षीय मनिराम थारु पक्राउ गरेको छ । गाउँकै छिमेकी बालिकालाई थारुले बैशाख २७ गते […] The post १३ वर्षीया नाबालिकाले जन्माइन सन्तान, करणी गर्ने युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

थोरै सन्तान जन्माउने चलन र विदेश बसाइले घटायो जनसंख्या वृद्धिदर

१९ मंसिर, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरकी ईश्वरी थापाकी सात वर्षकी छोरी छिन् । थापा दम्पतीले अर्को सन्तान नजन्माउने निर्णय लिइसके र स्थायी बन्ध्याकरण समेत गरिसके । ‘धेरै सन्तान जन्माएर दुःखले हुर्काउनुभन्दा एउटालाई नै राम्रो लालनपालन र शिक्षा दिने सोच हो,’ ईश्वरी भन्छिन् । पछिल्ला वर्षमा यसैगरी एक वा बढीमा दुई जना सन्तानमा चित्त बुझाउने […]

सञ्चारकर्मी तथा प्रखर वक्ता रमेश प्रसाईलाई सन्तान लाभ

काठमाडौं : सञ्चारकर्मी तथा प्रखर वक्ता रमेश प्रसाईलाई सन्तान लाभ भएको छ।श्रीमती नन्दा सिंहले छोरीको जन्म दिएको प्रसाईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।छोरी जन्मेको खुशी साट्दै उनले लेखेका छन्, 'संसारको सबैभन्दा अमूल्य उपहार दिएर तिमीले लगाएको यो प्रेमको ऋण म के गरेर कसरी तिर्न सकूँला नानु। म मात्र होइन मेरो सिङ्गो वंश तिम्रो नारित्व र तिम्रा जन्मदाताप्रति जीवन रहुन्जेलसम्म कृतज्ञ रहनेछ।'उनी र नन्दाले गत वर्ष आफ्नो तीनवर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गर

बाबु-छोरीको कथामा फिल्म ‘छोरी’

बसन्त पोखरेलको लेखन तथा निर्देशनमा सट फिल्म ‘छोरी’ तयार भएको छ । पैसा प्रशस्त भएपनि अमेरिकाबाट दसैँ, तिहार, तीज जस्ता पर्व मनाउन नपाएकी एउटी छोरी र सम्पत्ति भएपनि सन्तान र आफन्त टाढा भएका एक बुवाको कथा फिल्मले देखाउन खोजेको छ । १५ मिनेटको फिल्म सुरेन्द्र थापाको प्रस्तुतिमा सुवासप्रसाद पाण्डेले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा नवराज भण्डारी रहेका छन् । फिल्ममा बसन्त पोखरेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको

एकै बेतमा १० सन्तान जन्माएर महिलाले बनाइन् कीर्तिमान

दक्षिण अफ्रिकामा एक महिलाले एकै बेतमा १० सन्तान जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।  एक महिनाअघि मात्र मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएको कीर्तिमान दक्षिण अफ्रिकी महिलाले तोडेकी हुन् ।  ३७ वर्षीया गोसियामी धमारा सिटोले नामक महिलाले सोमवार सिजेरियन अपसेरन गरेर एकै बेतमा १० सन्तान जन्माएकी हुन् । उनले सात छोरा र तीन छोरी जन्माएकी हुन् ।  उनी गर्भवती छँदा चिकित्सकहरूले ६ वटा बच्चा जन्मन सक्छन् भनेका थिए ।  आठवटा बच्चा र पेटको स्क्यान गर्दा देखिएका थिए भने दुई बच्चा अर्को ट्युबमा...

यी महिलाले एकै बेतमा जन्माइन् नौ सन्तान !

अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएकी छन् ।    हालिमा सिस्से नामक २५ वर्षीया महिलाले पाँच छोरी र चार छोरी जन्माएकी हुन् ।    मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो ।    गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन् ।  ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए ।  ‘नवजात शिशुहरू र आमाको स्वास्थ्य राम्रो छ,’...

सुदूरपश्चिममा कम जन्मँदै छोरी

पछिल्लो समय धेरै सन्तान नचाहने, छोरै चाहने र पहिलो सन्तान छोरा भए त्यसैमा सीमित हुने युवा पुस्ताका कारण छोराको संख्या बढ्दै छ भने छोरीको संख्या घट्दै गएको छ।

शान्ति साउद : बिहे भयाे, सन्तान भए तर नागरिकता भएन

जेठो श्रीमतीबाट सन्तान नजन्मेपछि शान्ति साउदसँग दोगडाकेदार गाउँपालिका डरमका भिमले २०७२ सालमा बिहे गर्नुभयो । बिहेपछि शान्ति र भिमबाट छोरी जन्मिन् तर, छोरी जन्माएको भन्दै भिमले शान्तिलाई कुटपिट मात्र गरेनन् । घरछोडेर आफै बेपत्ता भए । शान्तिसँग अहिले न त नामगरिकता छ न त बिहे दर्ता । नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट शान्ति बञ्चित हुनुभएको छ । जन्म दर्ता नहुँदा छोरीलाई स्कुल भर्नामा समेत समस्या भएको छ । श्रीमान बेपत्ता र आमाबुवाको नामबाट नागरिकता बनाउन वडा कार्यालयले सिफारिस नदिएपछि शान्तिलाई समस्या भएको हो । हेर्नुहोस्, ह...