शान्ति साउद : बिहे भयाे, सन्तान भए तर नागरिकता भएन

जेठो श्रीमतीबाट सन्तान नजन्मेपछि शान्ति साउदसँग दोगडाकेदार गाउँपालिका डरमका भिमले २०७२ सालमा बिहे गर्नुभयो । बिहेपछि शान्ति र भिमबाट छोरी जन्मिन् तर, छोरी जन्माएको भन्दै भिमले शान्तिलाई कुटपिट मात्र गरेनन् । घरछोडेर आफै बेपत्ता भए । शान्तिसँग अहिले न त नामगरिकता छ न त बिहे दर्ता । नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट शान्ति बञ्चित हुनुभएको छ । जन्म दर्ता नहुँदा छोरीलाई स्कुल भर्नामा समेत समस्या भएको छ । श्रीमान बेपत्ता र आमाबुवाको नामबाट नागरिकता बनाउन वडा कार्यालयले सिफारिस नदिएपछि शान्तिलाई समस्या भएको हो । हेर्नुहोस्, ह...

सम्बन्धित सामग्री

नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो । जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए । सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता  र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएन

५३ वर्षपछि घर फर्केका टीकारामले ७८ वर्षमा पाए नागरिकता

पर्वत : पर्वतको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीको आहाले गाउँका टीकाराम विश्वकर्माले ७८ औँ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।२५ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत पसेका उनी विभिन्न ठाउँमा जागिर गर्दै गुहाटीमा पुगे। बिहे गरेर दुई सन्तान जन्माएपछि उनी भारत पसेका थिए। कान्छा छोरा अमरलाई ६ महिनाको छोडेर गएका थिए।त्यो बेलामा सञ्चार माध्यमको विकास नभएका कारण बेलाबेलामा घर आउनु वा चिठी पठाउनु नै खबरको माध्यम थियो। तर नपढेका टीकारामले चिठी पनि पठाएनन्।उनी भारत गएको करिब तीन व