दाङ : सहकारीको पाँच करोड बढी रकम हिनामिना गरेको मुद्दामा चार जनालाई थुनामा राख्न आदेश

दाङ - दाङमा सहकारीको पाँच करोड रुपैयाँ बढी रकम हिनामिना गरेको मुद्दामा जिल्ला अदालतले चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल विक्रम राना, ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मणिराम भण्डारी र लेखापाल विकास न्यौपानेलाई अदालतले हिजो पुर्पक्षका लागि थुनामा पठाएको हो ।  जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सह–लेखापाल रानाकी श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छ...

सम्बन्धित सामग्री

प्राइम सहकारी ठगी: सात जना पुर्पक्षका लागि थुनामा

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सूर्यदर्शन ठगीका आरोपी जेल चलान

कास्की : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो।सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २

सहकारीका रकम हिनामिना गरेकाे आराेपमा तीन सञ्चालक जेल चलान

काठमाडाैं । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना […]

सहकारीको करोडौँ हिनामिना गर्ने कारागार चलान

मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाको २४ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।सहकारी संस्थामा रकम हिनामिना मुद्दामा संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मलकुमार श्रेष्ठ, फिल्ड सहायक कामेश्वरप्रसाद सिंह र उमेशप्रसाद अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको सर्लाही जिल्ला अदालत, मलंगवाले जनाएको छ।सर्वसाधारणले राखेको पैसा हिनामिना गर्ने ती चारजनालाई सर्लाही जिल्ला अदालतका ६ नम्बर बेन

तुलसीपुर कारागारमा रहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माइन्

दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो […]

लालु यादवलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

भारतको बहुचर्चित पशुपालन कोषको रकम हिनामिना मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका छन्

सहकारीका पदाधिकारी कारागार चलान

पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन्। सेयर सदस्य तारा खड्कासहित ९८ जना बचतकर्ताले दायर गरेको मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको हो। सहकारीका पदाधिकारी तथा कर्मचारीले ७४ लाख १९ हजार ८०७ रुपियाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो।