सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो […]

सम्बन्धित सामग्री

इच्छाराज तामाङको सिटीसी मल लिलामी गर्न मूल्याङ्कन प्रक्रिया शुरु गर्दै सञ्चय कोष

पुस २०, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाउने भएको छ। कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोहीपनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढेको सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले बताए। धितोमा रहेको सम्पतीको मूल्याङकन गर्ने विषयमा कोषमा छलफल भइसकेको छ। केहि दिनमै मूल्याङ्कनका लागि कोषले टोली खटाउने पनि उनले बताए। कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सुन्धारास्थित सिटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो। कोषबाट ऋण लिन सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्गफिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा पसलहरु धितो राखिएको थियो। मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन्। व्यक्तिगत जमानीकर्ता तर्फ उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन्। ऋण असुलीका लागि कोषमाथि दवाव नेपाल वायुसेवा निगमलाई दिएको अर्बौ रुपैयाँ ऋण उठाउन नसकेको भन्दै संसदिय समितिबाट निरन्तर दवाव झेलीरहेको सञ्चय कोष सिटीसी मलमा फसेको ऋण जसरी पनि उठाउनु पर्ने दवावमा छ। अर्कोतर्फ मलका सञ्चालकहरु नै सर्वसाधारणको पौने ६ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा जेल चलान भइसेकाले कोषले ऋण फिर्ता हुन्छ भनेर कुर्ने अवस्था पनि छैन।जमानीकर्ताहरुले चाहेर पनि इच्छाराजले अपचलन गरेको रकम तिर्नै नसक्ने भएकाले यतिबेला उनको नाममा भएको सम्पती लिलाम हुने आधार बलियो बनेको छ। अव सञ्चय कोषको यो ऋण असुलीका लागि कोषसँग दोस्रो विकल्प नै नभएकाले ढिलो चाडो मल लिलामीको प्रक्रिया अघि बढ्ने कोषको भनाइ छ। सञ्चय कोषले लिने सावा ब्याजको अंश थोरै भएपनि मल लिलामी भएमा यो नेपालकै ठूलो मध्येको लिलामी हुने छ। कति छ सिटीसी मलको बजार मूल्य ? इच्छाराज तामाङका अनुसार आजभन्दा एक वर्ष अघि नै सिटीसी मलको बजार मूल्य पौने ७ अर्ब रुपैयाँ रहेको थियो। पछिल्लो एक वर्षमा घरजग्गाको मूल्य १० प्रतिशतले वृद्धि हुँदा पनि यसको बजार मूल्य करीब साढे ७ अर्ब रुपैयाँ हुने देखिन्छ। मल निर्माण गर्नै तामाङले करीब २ अर्ब ५० करोड रुपैयाँ खर्च गरेका थिए। त्यतिबेला इच्छाराजले आफूलाई अफ्ठेरो पर्दा सिटीसी मललाई ५ अर्ब रुपैयाँमा सजिलै बेच्न सक्ने र त्यति पैसाले सबै ऋण लाइन लगाएर तिर्न सक्ने बताएका थिए। तर उनले भने जस्तो समय नआउँदै उनी प्रहरीको अनुसन्धानमा तानिएर जेल चलान भइसकेका छन्। सिटीसी मलमा तामाङको ५० प्रतिशत स्वामित्व रहेको छ। यस हिसाबले मलमा उनको स्वामित्व तीन देखि साढे तीन अर्ब रुपैयाँ हुने देखिन्छ। उनको नाममा अहिलेसम्म पौने ६ अर्ब बिगो कायम भइसकेकोले छ। उक्त सबै रकम चुक्ता गर्न  तामाङको सिटीसी मलसहित उनको श्रीमती र छोरीका नाममा काठमाडौं भित्रै विभिन्न ठाउँमा रहेका घरजग्गासमेत लिलाम गर्नुपर्ने छ। कीर्तिपुरमा मात्रै इच्छाराजको १५ रोपनी जग्गाका साथै २६ हजार वर्गफिटको भव्य बंगलो रहेको छ।

इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा आरोपित सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि सोल्टिमोड, काठमाडौंका प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ तथा यस सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ […]

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो । सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर स...

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...

इच्छाराज तामाङ जेल जाँदा धरौटीमा छाड्न आदेश भएका कोसँग कति रकम माग भयो ?

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीबाट भएको ठगी प्रकरणमा  सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशले तामाङ र श्रेष्ठ जेल चलान भएका हुन् । सीआईबीले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा आज प्रारम्भिक थुनछेक बहसपछि आदेश जारी भएको हो । जसअनुसार २ जना जेल जाँदा ९ जनासँग धरौटी माग भएको छ । यस्तै एकजना साधारण तारेखमा रिहा

इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठ जेल चलान

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।न्यायाधिश राजकुमार कोइरालाको एकल इजलाशले तामाङ सहित सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो  । इच्छाराज ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका थिए ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनी सहित ४३ जना विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। अदालतले अन्यलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । जस अनुसार सहकारीका सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख , सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख, सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरलाई ५ लाख , सहकारीका जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनलाई ५ लाख,  सहकारीका सहजकर्ता भगवान बहादुर सिंहलाई १० लाख, सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, सहकारीका लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, सहकारीका जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानालाई ५ लाख, र सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।