गोरखा। बारपाक गाउँपालिकाले कोरोना रोकथाम र संक्रमितको उपचारको लागि सरकारसँग सहयो माग गरेको छ। गाउँपालिकाको वडा नं. १ र २ मा पछिल्ला दिनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको संख्या बढिरहेकाले तत्काल परीक्षण र उपचारको ब्यवस्था गर्न गाउँपालिकाले माग गरेको छ। गाउँपालिकाको एकल प्रयासले रोक्न सम्भाव नभएकाले सहयोग माग गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।