संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ। स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए।