काठमाण्डाै – अझै केही दिन देशका धेरैजसाे ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशका धेरै धेरैजसाे ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
उहाँका अनुसार प्रि–मनसुन सक्रिय हुनुका साथै स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावसमेत रहेको छ । यी प्रणालीको प्रभाव मनसुन...