अबको ३ दिन पानी पर्ने सम्भावना कम, हावाहुरी चल्ने

काठमाण्डाै – अबको तीन दिन पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम छ । पानी परे पनि एक/दुई ठाउँमा मात्रै पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आज (बुधवार), भोलि (बिहीवार) र पर्सि (शुक्रवार) मौसम सामान्यतया सफा नै रहने अनुमान छ । बेलुकीपख बादल लागेका ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना भने रहेको उहाँले बताउनुभयो । यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हा...

सम्बन्धित सामग्री

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन । देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि-मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । प्रि-मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु...

तराईमा हावाहुरी, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डाै – केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यस्तै, वाग्मती र कोशी प्रदेशका पह...

नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने

नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए ।मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यानमारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताए । यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि

देशभर मौसम बदली‚ पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ।स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबारदेखि अरब सागरबाट वायु भित्रिएको छ। यसको असर कम्तीमा तीन दिन देखा पर्नेछ। केही दिन कम भएको तुवाँलो पुनः लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो स्थानको बिहान