काठमाण्डाै – अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएको शुक्रवारदेखि परेको अविरल वर्षा हिजो साेमवारदेखि केही कम भएको हो ।
आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने भएपछि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अब आउँदो तीन दिनसम्म नै निरन्तर वर्षा तथा मुसल्धारे वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो । ठूलो पानी पर्ने सम्भावना कम भए पनि नदी तटीय क्षेत्रमा भने सावधानी अपनाउनुपर्ने मौसमविद् ...