चन्द्रपुर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र सालका पुराना रूख काटेर नयाँ हुर्काइएको छ । वैज्ञानिक वनको अवधारणाअनुसार सालका बिरुवा हुर्काएको हो । तर, संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै खारेज गरेपछि अहिले उक्त कार्यमा समस्या भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।