बिरुवा बचाउनै मुस्किल

जिल्लामा हरेक वर्ष दुई लाखभन्दा बढी बिरुवा रोप्ने गरिएको छ । ती रोपिएका बिरुवा कति हुर्किए र कति मरे भन्ने तथ्यांक कसैसँग छैन । यद्यपि धेरै बिरुवा मर्ने गरेको सुन्ने गरिन्छ ।डिभिजन वन कार्यालय चितवनबाट मात्रै यो वर्ष दुई लाख ५० हजार बिरुवा सर्वसाधारणका लागि वितरण गरिएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार […]

सम्बन्धित सामग्री

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

बौसान, युनान (चीन) । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ । एकै खालका हजारौँ आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती आँपका बोटको रेखदेखका लागि निरन्तर रुपमा मानिसहरु खटिएका छन् । रोगव्याधी लाग्न नदिन उत्तिकै सचेतना अपनाइएको छ । कामदारलाई ‘सिफ्ट’ प्रणालीमा खटाइएको छ । विभिन्न प्रजातिका आँपले क्रमशः उत्पादन दिने र अर्थतन्त्रमा ठूलो योगदान गर्ने विश्वास पनि उत्तिकै छ । यस किसिमको आधुनिक फलफूल खेती भएको ठाउँ हो कुनै बेलाको गरिब भनेर चिनिएको चीनको युनान प्रान्तको बौसान नगरपालिकास्थित छिङवाङ ड्रागन फ्रुट प्लान्टिङ बेस । यो स्थान कुनै बेला रातो माटोको गाउँ भएकाले खेती नहुने र तथा गरिबहरु बस्ने स्थानका रुपमा परिचित थियो । पछिल्लो दिनमा सो क्षेत्रको रुप फेरिएको छ । चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ । कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ । मानिसहरुको आर्थिक स्थितिमा सुधार भएको छ भने विश्व समुदायका लागि एक अध्ययन स्थलका रुपमा समेत परिचित भएको छ । स्थानीय सरकारले एकीकृत खेती प्रणाली अपनाएको छ । त्यसमा पनि जैविक खेती प्रणालीलाई व्यवहारमा लागू गरेको छ । उम्रेका झारपातलाई मल बनाइएको छ । परम्परागत र आधुनिक दुवै प्रणालीलाई मिश्रण गरिएको खेती प्रणालीले मानिसको जीवनस्तरमा सुधार गरेको छभने आर्थिक उन्नयनको मार्गचित्रमा गुणात्मक फड्को मारिएको छ । बारीका प्रत्येक गह्रामा पुग्नका लागि बाटो बनाइएको छ । सोही बाटोबाट हरेक बोटसम्म मल, कीटनाशक औधषि तथा अन्य सामग्री सहजै पुर्‍याइन्छ । हरेक मानिसले तोकिएको जिम्मेवारी पूरा गर्छन् । काम गर्ने, त्यसको अनुमगन तथा निरीक्षणका लागि फरक फरक मानिस खटिएका छन् । आधुनिक कृषि प्रणालीले ल्याएको परिवर्तन आफैँमा लोभलाग्दो छ । उत्पादित कृषि उपज बिक्रीका लागि बौसानदेखि खुनमिङका डिपार्टमेन्टलहरुमा सोझै लगिन्छ । बीचमा बसेर कमिसन खाने कुनै विचौलिया छैनन् । खेती प्रणाली व्यवस्थापनको काम स्थानीय पार्टी समिति मातहत रहेको सहकारीले गर्दछ ।  आधुनिक खेती प्रणालीलाई पर्यटनसँग पनि जोडिएका छ । देशभित्रका हजारौं मानिस दैनिकजसो नै त्यस क्षेत्रमा भएको खेती हेर्न आउने गरेका छन् । छिङवाङडार्गन फ्रुट अफ सबट्रपिकलक्यास क्रप्स अफ युनान एकेडेमी अफ युनान एग्रिकल्चर साइन्सलाई हेर्दै आएका स्थानीय पार्टी समितिको डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामीले कृषिलाई प्रविधिसँग, प्रविधिमार्फत बजारसँग र बजारलाई सहजरुपमा उपभोक्तासँग जोडेका छौँ । यसले स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक उन्नयनको क्षेत्रमा ठूलो योगदान गरेको छ ।' हरेक दिन खेतबारीमा के काम गर्ने, किसानलाई के कसरी परिचालन गर्ने, कुन बाली टिप्ने बेला भयो, कुन बालीमा मल पानी लगाउने बेला भयो भन्ने बारेमा स्पष्टसँग कार्यतालिका बनाइएको छ । कसले के गर्ने हो त्यसको व्यवस्था गरिएको छ । सँगसँगै प्राविधिक पनि खटाइएका छन् । कीटनाशक औषधि कसरी राख्नेदेखि सबै काम प्राविधिकले गर्छन् । साथमा वैज्ञानिक पनि छन् । उनीहरुले हरेक उपजको अध्ययन गर्छन् । माटोको गुणस्तरदेखि सिँचाइसम्मको ख्याल गर्छन् । कहीँ कतै पनि जमिन खाली छैन । कोही पनि बेरोजगार छैनन् । सबै स्थानमा बाली लगाइएको छ । सडकको दाँयाबायाँ कतै केरा रोपिएको छ भने कतै कफी रोपिएको छ । सुन्तला, आँपका बिरुवा पनि छन् । कतै ड्राग्रन फ्रुट पनि लगाइएको छ । यसले खेतीमा विविधता पनि दिएको छ । उत्पादनमा विविधताका साथै आम्दानीमा पनि उत्तिकै फरकपन छ । डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'गरिबी निवारणको यो ढाँचा साँच्चै चिनियाँ विशेषतामा आधारित छ । हाम्रा पार्टीका महासचिव सि जिन पिङले अगाडि सार्नुभएको नीतिको हामीले अक्षरशः कार्यान्वयन गरेका छौँ । यसले हामीलाई मार्गदर्शन मात्रै गरेको छैन, अरुहरुका लागि पनि प्रेरणाको स्रोत बन्न पाएका छौँ ।' बौसान सहर नजिकै रहेको लुजिङवाङमा भेट्टिएका डेपुटी पार्टी सेक्रेटरी चेन जीका अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने मामिलामा कोहीभन्दा कोही पनि कम नभएको बताए । उनको फार्ममा फल्दै गरेको कफी मेहनतको अर्को उदाहरण हो । विशाल टनेलभित्र फल्दै गरेका कफीले आधुनिक चीनको आधुनिक कृषि प्रणालीको अर्को नमूना पेस गरेको थियो । उनले भने, 'चीनमा यस्ता धेरै कफी फार्महरु छन् । त्यसमध्ये सबैभन्दा गुणस्तरीय र स्वादिलो कफी हामी उत्पादन गर्छौं । स्थानीय माग पूरा गरेर बाहिरी सहरमा समेत यहाँको कफी बिक्री हुने गरेको छ ।' सोही फार्ममा कफी वैज्ञानिकका रुपमा कार्यरत हुङजी छिङले पाक्दै गरेको कफी देखाउँदै भने, 'हरेक कफीका बोट मेरा छोराछोरी जस्तै छन् । हरेकलाई हुर्काउन मैले उत्तिकै मेहनत गरेको छु । यसको मल, पानीको पनि उत्तिकै ख्याल गरेको छु । यिनका हरेक दाना मलाई उत्तिकै प्रिय लाग्छन् । यसले युनान प्रान्तको शान र नाम दुवै राखेको छ । मेरो कामको समेत सम्मान गरेको छ ।' उनले आफ्नै चिनियाँ लवजमा कृषि प्रणालीमा भित्र्याइएको आधुनिक पद्धतिले बदलेको चित्र र चरित्र उत्तिकै प्रभावकारी रहेको बताए । वैज्ञानिक तरिकाले गरिएका हरेक खेतीका आ–आफ्नै विशेषता छन् । जुन नेपाल र हामी नेपालीका लागि पनि उत्तिकै अनुकरणीय हुन सक्ने नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । यही नोभेम्बरको ७ देखि १४ तारिखसम्म चीनको युनान प्रान्तको भ्रमणमा रहेका केसीले असाध्यै चासोका साथ अत्याधुनिक कृषि प्रणाली र खेतीको समेत निरीक्षण गरे । दक्षिण एसियाका पार्टीहरुको सम्मेलनमा भाग लिन युनान पुगेका सांसद केसीले यस समाचारदातासँग भने, 'रोजगारीको खोजीमा देश छाडेर विदेशिएका युवालाई यस्तै आधुनिक कृषि प्रणालीको प्रबन्ध गरेर देश फर्काउने उपायको खोजी गर्न सकिए नेपालले पनि ठूलो प्रगति गर्न सक्छ । हामी पनि त्यसतर्फ लाग्नै पर्छ ।' थुमुक्क परेका आँपका बोट, त्यसैको डिलमा फल्दै गरेका केरा, अनि साथमा ड्रागन फ्रुट । खेतीको विविधता अनि ठूलो सङ्ख्यामा गरिएको खेतीले आधुनिक चीन र त्यसको बदलिदो तस्बिर देखाइरहेको छ । कुनै बेलाको गरिब मानिएको युनान प्रान्तले बदलेको तस्बिर आफैँमा नेपालजस्ता देशका लागि अनुकरणीय बनेको छ । हामीले सिकेको ज्ञान सीप अरूलाई पनि बाड्न चाहन्छौँ, डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामी अरूलाई पनि हाम्रो सफलताको कथा सुनाउन चाहन्छौँ । किनकि ज्ञान अरूलाई बाँड्दा फाइदा हुन्छ भन्ने मान्यता हामी राख्छौँ ।' चीनले पछिल्लो समय गरिरहेको कृषि उपजको विस्तार आफैँमा उदाहरणीय रहेको छ । तीव्र रुपमा आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको चीनले आफ्नो परम्परागत कृषि पेसालाई पूर्णतः आधुनिक बनाएको छ । बाओसानको दक्षिणतर्फ बग्ने नुचियाङ नदी किनार क्षेत्रका विशाल फाँटहरु हराभरा छन् । जहाँ किसानको मेहनतका अलावा राज्यले कृषि क्षेत्रलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देख्न पाइन्छ । जहाँ कहीँ कतै पनि खाली जमिन भेटन मुस्किल छ । जताततै कृषि उपजले भरेको छ । जहाँ मकै, फलफूलदेखि अनेकन कफीको खेती गरिएको छ । राकिला सम्म फाँटदेखि भिराला पठारसमेत कृषि उपजले भरिएका छन् । अत्याधुनिक भौतिक पूर्वाधार सडक तथा सुरुङहरुका अलावा हिमाली क्षेत्रमा समेत चीनको भव्यता सहजै देख्न सकिन्छ । चीन खाद्यान्नमा आत्मनिर्भर मात्रै भएको छैन । आफूलाई बढी भएको कृषि उपज अन्य देशमा निर्यात पनि गरिरहेको छ । समथर फाँटमा फलेका सागसब्जी र कफीलगायत उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र दक्षिण अमेरिकासमेत पुग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय पार्टी समिति, स्थानीय सरकारले कृषिकर्म गर्नेलाई अनेकन सहुलियत दिएको छ । खेतीमा सकेसम्म विषादी कम मात्रै प्रयोग गरिएको छ । सरकारको सहुलियत पनि उत्तिकै छ । कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्व बजारसम्म पु्र्‍याउने सुनिश्चितता गरिएका कारण युनान प्रान्तका हरेक ग्रामीण बस्ती यतिबेला शतप्रतिशत हराभरा छन् । ठूला सडकका दायाँबायाँ खेतीले भरिएका छन् । जमिनको शत्प्रतिशत उपयोगमा ध्यान दिएको चीनले सिँचाइको प्रबन्ध पनि उत्तिकै राम्ररी गरेको छ । सहजरुपमा सिँचाइ नपुग्ने स्थानमा सौर्य सिँचाइ प्रणाली तथा अन्य उत्तम विकल्पसमेत उपलब्ध गराएको छ । स्थानीय बौसान नगरपालिकाले सन् २०१६ देखि नै बौसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ । कफी बगैँचालाई नै पर्यटनको केन्द्रसमेत बनाइएको छ । त्यहाँ अनेकन सुविधासमेत प्रदान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले १९औँ र २०औँ राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनःजागरण गर्नका लागि विभिन्न योजना अगाडि सार्नुभयो । सोही योजनाको वस्तुनिष्ठ कार्यान्वयन भएको र हरेक गाउँहरु क्रमशः समृद्ध र आर्थिक रुपमा सबल बन्दै गएका छन् । सोही योजनाअनुसार नै सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएका छ । गाउँ समृद्ध र सबल बनेको छ । औद्योगिकीकरण हुँदै गएको गाउँमा कफी खेती विशेष प्राथमिकतामा राखिएको छ । युवा गाउँमा छन्, वैज्ञानिक पनि साथमा छन् । नियमित प्रशिक्षण र तालिम पनि गरिन्छ । यसले आधुनिक चीन गाउँहरुबाट जन्मिइरहेको छ । युवा विदेश पलायन भइरहेको नेपालका लागि चीनको यो उदाहरण आफैँमा अनुकरणीय हुन सक्छ । रमेश लम्साल / रासस

संरक्षण हुनै छाडे रैथाने बाली

रामपुर (पाल्पा) : बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन। छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन्। परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्र

यातायात सहज नहुँदा हेलम्बुका कृषकको करोडौंको लगानी डुब्दै

फागुन १६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा ४ वर्ष अगाडी स्थानीय ५ जना युवा कृषक मिलेर ५०० रोपनी जग्गामा ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिखेर सुनसान छ । अघिल्लो वर्षहरुमा यो समय उनीहरुलाई कामको चटारो पर्ने गर्थ्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेडा, सागजस्ता नगदेवाली रोप्न व्यस्त रहने कृषकहरु अहिले हात बाँधेर बसिरहेका छन् । ‘हाम्रो फर्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं’, हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने ‘आलु खन्ने, साग, गोलभेडा लगाउने काम हुन्थ्यो । यो वर्ष केहि गरिएको छैन ।’ गएको असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय प्रायः ठप्प छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अबरुद्ध भई यातायात सेवा सहज हुन नसकेको कारण यो वर्ष फर्ममा बाली लगाउन नसकिएको लामाले बताए । ‘बाटो छैन, फर्ममा उत्पादन भएको तरकारीहरु बेच्न सकिएन । गाउँमा कति पो बेच्नु । अघिल्लो पटक पूरै घाटा भयो ।  त्यहि भएर सडक सञ्जाल नजोडिएसम्म खेती नगर्ने विचार गरेका छौं,’ उनले भने । बाढीपछि फार्ममा उत्पादन भएको तरकारीहरु बेच्न नपाएको र फार्ममा नै कुहिएर गएको उनले बताए । ‘आलु, गोलभेडाहरु अलिअलि गाउँमै बेचियो, अरु त कुहिएर खेर गयो’, उनले भने ‘एकै पटक ठूलो मात्रामा घाटा भयो ।’ बाढी अघिको वैशाखमा परेको असिनाले आधिभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले बताए । ‘सुरुवातमा हामीले २०० ओटा किवीका विरुवा रोपेका थियौं’, उनले भने ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पु¥यायो । अहिले ३०० को हाराहारीमा मात्रै किवी होलान् ।’ केहि प्रकोप नभए अर्को वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुनेमा उनी आशावादी छन् । ‘अब केहि नभए अर्को साल किवीले पनि फल दिनेछ, यातायात पनि सहज होला’, उनले भने ‘त्यसपछि हामी पुनः फर्मलाई गति दिनेछौं । अहिले दुःख गर्‍यो, उत्पादन भएका तरकारी, फलफुल विक्री गर्न मुस्किल छ, खेरै फाल्न त किन दुःख गर्नु भनेर यसपाली केहि गरिएन ।’ दुःख गरी कमाएको रकम फार्ममा लगानी गरेको कारण त्यो पनि डुब्ला कि भन्ने उनीहरुलाई चिन्ता भएको लामाले बताए । सुरुवाती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरु गरेका हुन् । ५०० वर्ग मीटरको ग्रीन हाउस र १८ ओटा टनेल निर्माण खेति गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको बताउँदै लाक्पा भन्छन् ‘नयाँ माटो र मलको उचित प्रवन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना माहामारी, असिना पानी, बाढी पहिरोले हामी त पुरै घाटामा छौं ।’ उनीहरुले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेको थिए । नियमितरुपमा ६ जनालाई र आवश्यकता अनुसार ४०/५० जनालाई रोजगारी पनि दिएका थिए । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि समावेस गराउने गरेका थिए । ‘हामीले व्यवसायिक रुपमा कृषि खेती गर्न शुरु गरिसकेका थियौं’, लामाले भने ‘विद्यालयदेखि नै कृषिको व्यवहारिक अभ्यास होस् भनेर विद्यालयसँगको सहकार्यमा त्यहाँ अध्ययनरत विद्यार्थीलाई खेतीपातीमा सहभागि गराउँदै पनि आएका थियौं । तर अहिले फार्म नै शून्य छ ।’ गाउँका युवाहरु विदेशिन गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि लाक्पा लगायतका युवा मिलेर सामूहिक रुपमा खेती गरी आन्तरिक पर्यटक भित्र्याउने अभियानका रुपमा कृषि शुरु गरिएको उनीहरुको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अर्गानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरु हेलम्बु–मेलम्ची बाढी पछि के गर्ने के नगर्ने भन्ने दोधारमा छन् । ‘हामीले कृषिसँगै पर्यटकहरुलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरु पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छौनौं’, लामाले भने ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरु गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरुको पुनर्निर्माण गरे करोडौं लगानी गरेको  आफूहरु जस्ता किसानलाई केहि राहत पुग्ने उनले बताए । स्थानीय सरकारले पनि केहि गर्छौ भनेर कृषि क्षेत्रमा लागेका आफूहरु जस्ता कृषकलाई महत्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् पर्‍यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ । यति हुँदा पनि स्थानीय सरकारले भने केहि चासो दिएको छैन ।  केहि राहतको कार्यक्रम ल्याएको छैन’, उनले भने । स्थानीय सरकारले कृषि उत्पादनहरुको बजारीकरणमा सहयोग पुर्‍याउने र तत्काल सडक समस्या जस्ता कृषकको समस्याहरुलाई समाधान गर्ने हो भने हेलम्बु क्षेत्र कृषिकै माध्यमबाट विस्तारै लयमा फर्कने उनले बताए ।

बाँदरको पिरले बसाई सर्दै

बाक्लो बस्ती छैन । घर भए पनि केही टाढा टाढा छन । जंगल नजिकै गाउँ छ । सुबिधाको खोजीमा भएका घरवालाहरू पनी पातलिन्दै गएका छन् । भएका सबै जग्गा जमिन बाँझिन्दै गएका छन् । टारीखेतदेखि फाँटिला टारहरू यतिबेला झोरझाँडी जंगल झै बनेका छन् । एक्लो दोक्लो हिँड्नै डर लाग्ने जंगलका रुपमा लिन थालेका छन । मलिला र ओसिलो टाउँतिर उतिसका बिरुवा हुर्किन थालेका छन् । खेतीयोग्य जमिन नभएको भने पक्कै होइन । केही वर्षअघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न मुस्किल थिएन तेह्रथुम छथर गाउँपालिकाका केही बस्तीका नागरिकहरूलाई । समयसँगै मानवबस्ती पातलिन्दै जाँदा बाँदरको हैरानीको पिर थपिएको छ । दैबिक प्रकोप, प्राकृतिक प्रकोपपछि यहाँका स्थानीयहरूका लागि वन्यजन्तुको आंतक पनि एक प्रकोप बनेको छ । वर्षदिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि नागरिक बसाई सर्ने विकल्प खोज्न थालेका छन् । तमोर नदीसँगै जोडिएका बस्तीहरूमा बाँदरका हुलहरूले अन्नबाली सखाप पारेको वर्षांै भयो तर समस्याको समाधानको निम्ती स्थानीय सरकारले ध्यान नदिएको छथर–२ का भीमबहादुर थापाले बताए । मेहनत परिश्रम गरी परिवार धान्न लगाएको बाली नै सखाप पार्न थालेपछी विकल्प नै बसाईसराई बन्न थालेको हो । जंगली जनावरको ज्याजतीले वर्षौ देखि यहाँका किसाानहरू त्रसित छन् । बन क्षेत्रहरू सँगै जोडिएको बस्तीहरू जंगली जनावरकाहरूको ज्याजतिले स्थानीयहरूलाई दिनदिनै झनै समस्या निम्त्याएको हो । जंगली जनवारमा पनि विशेष गरी बाँदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलु, जस्ता अन्नपातहरू नस्ट गर्न थालेपछि स्थानीयवासी हैरानी हुँदै आएको शेरबहादुर कार्कीले बताए । “भएको सबै जमिन बाँझो भईसक्यो थोरै जमिनमा लगाएको बाली पनि सखाप परे अब बसाई सर्ने तयारीमा छु,” उनले भने । पहिले बारीमा लगाएका अन्नबालीहरू संकलन गर्नलाई बारीमा बाँदर लखेट्न रुगालु बस्नु पथ्र्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडा समेत बोक्न थाले पछि गाउभरी नै बांदरको आतंक बढेको कर्णबहादुर लिम्बूले बताए । लिम्बुका अनुसार अहिले अनिवार्य दिनभर घरमा बादर लखेट्न घर रुगालु बस्नु पर्ने बाध्यता छ । बाँदर आतंकले स्थानीयले बारीमा लगाएको आलु, तोरी, तरकारीहरू, उखुलगायतका बालीमा बाँदरले उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थाग्रोमा चढेर मकै खाने र पाक्न लागेकावालीहरू खाने गरेको छ । बादंरको ज्याजति अत्यन्तै बढेकाले बसाई सर्नेहरू बढ्दो छ । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाई सरी अन्यात्र गएका छन । बासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाई सरी अन्यात्र गई सकेका छन् । बसाई सर्ने ठाउँहरू भए र आफूमा बसाई सर्ने स्रोत भए तुरुन्त गाउँका १० घरधरी जती बसाई सर्ने मनस्थीतिमा रहेका तर बसाई सर्ने अनुकूलता नभएकाले बाँदरको ज्याजति सहेर बस्न वाध्य भएको पीडितहरू बताउँछन् । तमोरले छोएका जंगल र बस्तीहरूमा सुक्खा बढेसँगै जंगली जनावारहरूको आहारा कम हुन थालेकाले अहिले जंगली जनावारहरू बस्ती नजिक हुदै घर सम्म आउन थालेको स्थानियवासीहरूको भनाई छ । किसानहरूको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय सरकार गठन भएकै ३ वर्ष बितिसक्दा पनी नागरिकहरूको समस्यालाई ध्यान नदिएको यहाँका स्थानीयहरूका गुनासाहरू प्रशस्तै सुनिन थालेका छन् । मानव जीवनको सबैभन्दा पहिलो अधिकार भनेकै गाँस, बाँस र कपास हो । जंगली जनावारले गाँस नै खोसेपछि जीवन निर्वाह गर्ने आधार नै गुमाउनु परेको दुखेसो पोखाउँछन् ।

संरक्षण हुन छाड्यो रैथाने बाली

बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन ।