नेकपा माओवादी केन्द्रले आइतबार स्थायी कमिटी बैठक बोलाइको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी दिए ।
काँग्रेसले केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादीपनि समर्थन फिर्ता लिने तयारीमा जुटेको बताइएको छ ।