इलामको फिक्कलमा गाईपालनसँगै डेरी व्यवसाय गर्दै आएका तीर्थ आचार्य दूध र दुग्धपदार्थ बिक्री नहुँदा समस्यामा छन् । उनले भने, ‘गाईवस्तुलाई दाना खुवाउन र किसानबाट संकलित दूधको भुक्तानी दिन पनि नसक्ने अवस्था आयो ।’ दुग्ध वितरण आयोजनाबाट वैशाखदेखिको करिब १५ लाख भुक्तानी बाँकी रहेको र ताकेता गर्दासमेत सुनुवाइ हुन नसकेको उनले सुनाए ।