तिनाउ गाउँपालिका–६, मस्याम बाह्रबिसेकी साना किसान मीना खराल दैनिक दूध बिक्रीबाट परिवारको गर्जो टार्छिन् । तीनवटा जर्सी गाई पालेकी उनको एउटा गाई बच्चा पाउने अवस्थामा छ । बाँकी गाईबाट दैनिक १७ लिटर दूध नजिकको डुम्रे दुग्ध कृषि सहकारी संस्थामा बिक्री गर्न लैजान्छिन् ।